arthik abhiyan
ad banner

सहकारीमार्फत विदेश

Oct 4, 2019 
१० वर्ष अघि
NA


तपाईं विदेश भ्रमणमा जान चाहनुहुन्छ ? यदि त्यस्तो हो भने एउटा सहकारी खोलिहाल्नुस् र त्यसलाई राष्ट्रिय सहकारी संघमा आबद्ध गराई हाल्नुहोस्, तपाईंका लागि विदेश यात्राको ढोका निश्चित रूपमै खुल्नेछ । 

हो, अहिले सहकारीको छाता संगठन मानिने संघ मान्छे विदेश पठाउने संस्थाका रूपमा परिणत भएको छ । जुन संस्थाले बर्सेनि सयौंको संस्थामा मानिसहरूलाई विदेश भ्रमण गराउँछ । संघका महाप्रबन्धक रामभजन यादवका अनुसार संघबाट बर्सेनि करिब ५ सय मानिसहरू विदेश जान्छन् । संघले स्विटजरल्यान्ड, जापान, सिंगापुर, चीन र भारतमा बढी मानिसहरू पठाउने गरेको छ । तर यसबाहेक अन्य देशमा पनि मानिसहरू पठाउने गरिएको छ । ‘अन्य देशहरूमा समेत बेला बेलामा सहकारीका मानिसहरू गइरहन्छन् ‘हाम्रो २ सयभन्दा बढी देशका सहकारी संघहरू सदस्य रहेको संघ इन्टरनेसनल को–अपरेटिभ एलाइन्स (आईसीए) मा आबद्ध छ । सो एलाइन्स र त्यसका विभिन्न सदस्य राष्ट्रहरूबाट विभिन्न किसिमका ‘तालिमका लागि’ निम्तो आइरहन्छ । त्यसैले यहाँबाट विदेश जाने क्रम बढेको हो’ यादवले अभियानसँग भने । 

आईसीएबाट आउने निम्तामा सबै खर्च उसैले बेहोर्ने भएकाले संघले कुनै पनि शुल्क लिने गरेको छैन । तर अन्य राष्ट्रका सहकारीहरूका निमन्त्रणमा जाँदा भने संघले केही निश्चित शुल्क लिने गरेको जानकारी यादवले दिए । 

वर्ष ५, अंक १ २०६६, भदौ ८ –१४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्