arthik abhiyan
ad banner

कुमारी बैंकका ७ शाखा थपिए 

Oct 4, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found


काठमाडौं (अस) । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरी सातओटा शाखा सञ्चालनमा ल्याएको छ । काठमाडांैस्थित नयाँ बानेश्वर शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष अमीरप्रताप जबरा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपाले गरे । 

त्यस्तै, कीर्तिपुर शाखाको उद्घाटन बैंक सञ्चालक समितिका सदस्य महेशप्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका–९ का वडाध्यक्ष गंगाराम महर्जनबाट भयो । काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह श्रेष्ठले गरे । 

बैंकले उपत्यकाबाहिर नवलपरासीको गैंडाकोट, बाराको जीतपुर, चितवनको पुरानो पर्सा, पर्साको सिर्सियामा पनि शाखा सञ्चालनमा ल्याएको छ । 

उपत्यका बाहिरका शाखाको भौतिक उद्घाटन सम्बन्धित स्थानबाटै भए पनि मोबाइल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रीय कार्यालयबाटै गरिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्