arthik abhiyan
ad banner

फेवाबजार बाल्ट्राको अनलाइन पार्टनर

Oct 4, 2019 
बजार
NA


काठमाडौं (अस) । बाल्ट्रा होम एप्लाइन्सेसले ई–कमर्श कम्पनी फेवाबजार डटकमसँग सेवा सम्झौता गरेको छ । सम्झौतासँगै फेवाबजार बाल्ट्राको आधिकारिक अनलाइन सपिङ पार्टनर बनेको छ । 

सम्झौतामा फेवाबजारको वेबसाइटबाट नेपालीहरूले बाल्ट्राका विभिन्न ठूला तथा साना होम एप्लाइन्सेस खरीद गर्न सक्ने बताइएको छ ।  

चाडपर्वको अवसरमा फेवाबजार डटकमले बाल्ट्राका सामानमा फ्री डेलिभरी समेत प्रदान गरेको छ । ईलेक्ट्रोनिक तथा घरेलु सामान उत्पादन गर्दै आएको बाल्ट्राले फेवाबजारसँगको सहकार्यबाट नेपाली बजारमा बिग एप्लाइन्सेसको क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्