arthik abhiyan
ad banner

पियाजियो स्कूटरको शोरूम विराटनगरमा

Oct 4, 2019 
बजार
Image Not Found


विराटनगर (अस) । विराटनगरमा पियाजियो कम्पनीका भेस्पा र अप्रिलिया स्कूटरको शोरूम सञ्चालनमा आएको छ । विराटनगरको मुनालपथस्थित धरान रोडमा उक्त शोरूमको उद्घाटन भेस्पा र अप्रिलियाको आधिकारिक विक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बिहीवार गरेको हो । 

शोरूमको पन्चकन्या र भेस्पा÷अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले उद्घाटन गरेका हुन् । कार्यक्रममा महतोले दुवै ब्रान्डका स्कूटर भिन्न भएको बताउँदै आगामी ६ महीनामै थप नयाँ १० शहरमा शाखा तथा डिलर स्थापना गर्ने जानकारी दिए । उनले शोरूममा सेल्स, सर्भिस र स्पेयर पार्टस पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा उक्त शोरूमबाट विक्री गरिएका ४१ ओटा स्कुटरको चाबी ग्राहकलाई हस्तान्तरण गरिएको थियो । कम्पनीका हाल नेपालभर २५ ओटा शाखा तथा डिलर सञ्चालनमा छन् । 

कम्पनीले भेस्पा र अप्रिलिया स्कूटर इटालियन टेक्नोलोजीमा निर्माण गरेको बताएको छ । नेपालमा अप्रिलियाको न्यूनतम मूल्य २ लाख २४ हजार ९०० रुपैयाँदेखि २ लाख ९३ हजार ९०० रुपैयाँसम्म छ भने भेस्पाको २ लाख ५९ हजार ९४६ रुपैयाँदेखि ३ लाख ९५ हजार ९४६ रुपैयाँसम्म छ । 

चाडपर्वलाई लक्षित गरी कम्पनीले स्कूटरको खरीदमा कुपन स्क्र्याचबाट रू. ५ हजारदेखि देखि १ लाख रुपैयाँसम्मको छूट तथा १५ हजारसम्मको एसेसरिज उपलब्ध गराउने बताएको छ । त्यस्तै, लक्की ड्रमार्फत हरेक हप्ता अन्नपूर्ण बेस क्याम्पसम्मको हेलिकोप्टर ट्रिप पनि ग्राहकले जित्न सक्ने कम्पनीको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्