arthik abhiyan
ad banner

रावण बध र लंकादहन कार्यक्रम सम्पन्न

Oct 9, 2019 
समाचार
Image Not Found
फाइल तस्वीर

असोज २२, धनुषा । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लंकादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लंका दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मंगलवार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ । 

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो ६ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लंकादहन गरिएको हो । विगत वर्षझैं यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ । प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लंकादहन गरेका थिए । 

रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन संघर्षका साथ अगाडि बढेको स्मरण गराउँदै संघर्षपछिको फल मिठो हुने गरेको बताए । रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताए । भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत ६ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ । गंगासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस अवसरमा नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्