arthik abhiyan
ad banner

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : असोज २५ गते आएर २६ गते फर्किने

Oct 9, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिवार काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमणबारे जानकारी गराएको हो ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ गते नेपाल भ्रमण गर्दै छन्,' विज्ञप्तिमा भनिएको छ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेटवार्ता हुने र सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने बताइएको छ । उनको भ्रमणलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्