ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ पुस्तक विमोचन

२०७८ बैशाख, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर सौजन्य : परराष्ट्र मन्त्रालय
author avatar अभियान संवाददाता

वैशाख ११, काठमाडौं । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ शीर्षकको पुस्तक विमोचन हालै एक समारोहका बीच काठमाडौंस्थित होटल येलो प्यागोडामा गरिएको छ । 

पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना यूएन एशोसियशन अफ नेपालले गरेको थियो । पुस्तकमा विदेश सचिव, पूर्व विदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वानहरु जस्ता प्रख्यात व्यक्तिहरुले लेखेका २५ ओटा लेख समाविष्ट छ ।

पुस्तकको विमोचन प्रमुख अतिथि एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए ।  कार्यक्रमको अध्यक्षता एशोसियशनका अध्यक्ष एसोसियट प्राध्यापक डम्बर बिर थापाले गरेका थिए । 

कार्यक्रममा एशोसियशनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा मोहन प्रसाद लोहनीले समयमा पुस्तक प्रकाशनमा सघाएकोमा सम्पादकीय टोलीको तर्फबाट योगदानकर्ताहरुलाई धन्यवाद दिएका थिए । 

पुस्तकको समीक्षा गर्दै संयुक्त राष्ट्र संघको ७५ औं स्थापना दिवस र नेपालले यूएनको सदस्यता लिएको ६५ औं वर्षको अवसर पारेर सो पुस्तक सार्वजनिक गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चल नाथ पान्डेले एशोसियशनलाई धन्यवाद ज्ञापन गरेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)