ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वत जिल्लाभर निषेधाज्ञा

२०७८ बैशाख, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पर्वत (अस) । कोरोना संक्रमित बढ्दै गएपछि पर्वतमा जिल्लाभर १० दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिशमा जिल्ला प्रशासन कार्यालयले मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी जेठ ७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि कुश्मा नगरपालिकामा मात्रै निषेधाज्ञा लागू भएको थियो ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी गरिएको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको उल्लेख छ । यस्तै मठमन्दिर तथा धार्मिक स्थल बन्द रहनेछन् भने विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइनेछ । यसैगरी अत्यावश्यक सेवा बाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारीमार्फत मात्रै सेवा प्रवाह गर्ने, सार्जजनिक तथा निजी सवारीसाधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने, तर कार्यास्थलमै मजदूरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बीमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन् । यस्तै औषधि तथा स्वास्थ्यका सामग्री किनबेच हुने पसल २४ घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शववाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दूध, दही, पानी, पेट्रोल आदि बोकेका सवारीसाधन सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)