ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफ्नै विद्युतीय सवारी साधन बनाउँदै होन्डा

२०७८ असार, १५  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असार १५, डेट्रोइट (अमेरिका) । जापानी अटो निर्माता कम्पनी होन्डाले आफ्नै विद्युतीय सवारी साधन बनाउने योजना बनाएको छ । 

उत्तर अमेरिकाको लागि कम्पनीको पहिलो विशुद्ध विद्युतीय सवारी साधन अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्सले बनाउँदैछ । तर कम्पनीले यो दशकको अन्त्यतिर आफ्नो छुट्टै विद्युतीय कार उत्पादन गर्ने भएको छ ।

आफूहरुले ईभीको आर्किटेक्चर बनाइरहेको र सन् २०२४ मा जनरल मोटर्सले बनाएको दुई ईभीको विक्री शुरु भएपछि कम्पनीले आफ्नै ईभी निर्माण गर्न शुरु गर्ने होन्डाका अधिकारीहरुले बताएका छन् । 

आफूहरुको उद्देश्य आफ्नै कारखानामा ईभी उत्पादन गर्नु भएको होन्डा अमेरिकाका कार्यकारी उपाध्यक्ष डेभ गार्डनरले भने । कम्पनीले ब्याट्री उत्पादनसम्बन्धी विज्ञताको विकास गरेको र यसलाई उपयोग गर्न आफूहरुको ध्येय भएको गार्डनरको भनाइ छ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)