ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काँकडभिट्टा नाका : कृषि वस्तुको आयात बढ्यो, निर्यात घट्यो

२०७८ कार्तिक, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।
    
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा उक्त नाकाबाट चार अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा नेपालबाट बंकलादेश, भारतलगायतका स्थानमा २ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको कार्यालयका प्रमुख देवीन्द्र साहूले जानकारी दिए ।

सो अवधिमा बंगलादेशबाट सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार र भटमासकै दाना (तेलका लागि) एक अर्ब ६ करोड ४३ लाख ६४ हजारका आयात भएको छ । यस्तै मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ ।

त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । कार्यालयका अनुसार भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ ।

नेपालबाट भारत र बंगलादेशमा अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । यो नाकाबाट अलैंची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निकासी हुँदै आएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)