ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम : उद्यमीलाई विशेष प्रशिक्षण

२०७८ कार्तिक, ३०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रमअन्तर्गत उद्यमीहरूलाई विशेष प्रशिक्षण दिइएको छ । छनोटमा परेका स्टार्टअप उद्यमीहरूलाई ‘मार्केटिङ र ब्रान्डिङ’का बारेमा नेपाल उद्योग वाणिज्य महासंघमा सोमवार विशेष प्रशिक्षण दिइएको हो ।

उद्योग वाणिज्य महासंघ, स्टार्टअप तथा इन्नोभेशन समितिका अध्यक्ष रञ्जित आचार्यले विशेष प्रशिक्षण दिँदै स्टार्टअप बिजनेश शुरूमै सानो लक्ष्य नभई ठूलो लक्ष्यका साथ थाल्नुपर्ने बताए ।

सही दृष्टिकोणका उद्यम थाल्नुपर्ने बताउँदै उनले उद्यमीमा जोश, जाँगर भरोसासहित इमानदारी, निष्ठा, सञ्चार गर्न सक्ने क्षमता हुन सके त्यस्तो उद्यम फस्टाउन समस्या नहुने बताए ।

सफल हुन उद्यमीले परिस्थितिअनुसार आइडियालाई परिवर्तन गर्न सक्नुपर्ने र ‘द बेस्ट’भन्दा पनि सदैव ‘बेटर’ हुनेगरी उद्यमीहरूले आप्mनो उद्यमलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

‘उद्यम शुरू गरेदेखि नै थुपै प्रकारका चुनौतीको सामना गर्नुपर्ने अवस्था आउँछ, त्यसो हुँदा समस्याको चाङभित्र पनि हामीेले अवसरहरूलाई पहिल्याउन सक्नुपर्छ,’ आचार्यले भने ।

कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले नेपालमा विभिन्न क्षेत्रका उद्यमीहरूलाई तालीम दिँदै त्यस्ता उद्यमीहरूलाई सम्मानदेखि उत्साह प्रदान गर्नेसम्मको कार्यमा न्यू बिजनेश एज लागिरहेको बताए । ‘हामी युवाहरूले गरेको उद्यमशीलतामा विश्वास गर्छाैं, सरकारले गरेको व्यवसायभन्दा पनि निजीक्षेत्रबाट गरेको व्यवसायलाई विश्वास गर्छौं,’ उनले भने । दिनमा झन्डै ५ हजार युवा पासपोर्ट लिने लाइनमा रहेको बताउँदै लम्सालले भने, ‘नागरिकताको लाइनमा भन्दा पनि पासपोर्ट लिनेको लाइन दिनप्रतिदिन बढिरहेको छ, यस्तो स्थितिमा केही गर्छु भनेर उद्यम गरिरहेकाहरूलाई हाम्रो उत्तरदायित्व सम्झेर सपोर्ट गर्न अवार्ड गर्दै छौं ।’

विशेष प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूले आपूmले उद्यम गरिरहँदा झेल्नुपरेका समस्या र ‘मार्केटिङ’, ‘ब्रान्डिङ’का बारेमा विशेष चासो राखेका थिए ।

न्यू बिजनेश एजले यसअघि कात्तिक १२ गते पनि राजधानीमा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रमअन्तर्गत अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरेको थियो । यसमा १५ सयभन्दा बढी सहभागी भएका थिए ।

न्यू बिजनेश एज प्रालिको आयोजनामा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ को फाइनल कार्यक्रम मङ्सिर ९ गते हुँदै छ । नवीनतम सोच लिएर उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले छनोट गरिएका त्यस्ता उद्यमीहरूलाई नगद पुरस्कारसहित अवार्ड दिइँदै छ । कार्यक्रमको नारा ‘नेपाली युनिकर्नको खोजी’ रहेको छ । १ अर्बभन्दा बढीको व्यवसाय गर्ने स्टार्टअपलाई युनिकर्न भन्ने अन्तरराष्ट्रिय प्रचलन छ ।

यस ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजक कुमारी बैंक लिमिटेड रहेको छ भने सह–प्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एशोसिएट पार्टनर’ मा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ), फाइबर नेट रहेको छ ।

अवार्ड कार्यक्रमलाई आइएमई, सिटिजन्स लाइफ इन्स्योरेन्स, ब्यञ्जन मन्सिरी ट्रेडिङ, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेका छन् । कार्यक्रमको टेक्निकल पार्टर भने मेङ्गो टेक रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)