मंसिर ९, काठमाडौं ।न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ मा सहभागी भएकामध्ये उत्कृष्ट ५ ओटा स्टार्टअप कम्पनीको नाम सार्वजनिक गरिएको छ ।
बिहीवार काठमाडौंमा जारी कार्यक्रमको पहिलो सत्रमा आमा एग्रो प्रोडक्स लिमिटेड, एडमाना टेक्नोलोजि प्रालि, लिफ प्लर्स प्रालि, नेपाल एग्रो इनपुट्स माकेर्टिङ एण्ड इन्टरप्रिनियरसिप सर्भिस प्रालि र उपाय सिटी कार्गो प्रालिलाई सर्टलिस्टमा परेको घोषणा गरिएको हो ।
सर्टलिस्ट भएका ती कम्पनीका प्रतिनिधिहरुले हाल आफ्नो व्यवसायको सम्बन्धमा प्रस्तुती दिइरहेका छन् । सोही प्रस्तुतीको आधारमा जुरी टिमले उत्कष्ट तीन ओटा कम्पनी छनोट गर्ने कार्यक्रम रहेको छ । उत्कृष्ट तीन ओटा कम्पनीलाई नगदसहित सम्मान गरिने कार्यक्रम छ ।