ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बेस्ट स्टार्टअप अफ द इयर बन्यो उपाय सिटी कार्गो

२०७८ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उपाय सिटी कार्गोले ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर््स’ कार्यक्रमअन्तर्गत बेस्ट स्टार्टअप अफ द इयर अवार्ड पाएको छ ।

काठमाडौंमा बिहीवार भएको एक विशेष कार्यक्रमका बीच उक्त कम्पनीलाई नगद रू. १ लाख र ट्रफी प्रदान गरिएको छ ।

दोस्रो उपाधि प्राप्त गरेको लिफ प्लस प्रालिले नगद ५० हजार पाएको छ भने तेस्रो हुने आमा एग्रो प्रोडक्ट प्रालिले नगद २५ हजार पाएको छ । अन्तिम पाँचमध्ये एडमाना टेक्नोलोजी प्रालि र नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड आन्त्रप्रेनरसिप सर्भिसेज प्रालिले प्रमाणपत्र र सम्मान पाएका छन् ।

उनीहरूलाई कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डको अवसरमा आज (बिहीवार) विशेष समारोहका बीच सम्मान गरिएको छ । यस्तै, देशका प्रत्येक प्रदेशबाट एकएकओटा गरी सातओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशबाट फारबेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर कैलाली, कर्णाली प्रदेशबाट ज्वाला कृषि तथा पशुपालन उद्योग दैलेख, लुम्बिनीबाट निन्जा इन्फोसिस प्रालि नेपालगञ्ज बाँके, गण्डकीबाट एक कल होम सोलुसन्स प्रालि पोखरा, वाग्मतीबाट ग्लोकल प्रालि ललितपुर, प्रदेश २ बाट नमस्ते रिसाइकल टे«डर्स जनकपुर, प्रदेश १ बाट हिमालयन लश इन्डस्ट्रिज झापालाई छनोट गरी सम्मान गरिएको छ ।

स्टार्टअपका रूपमा शुरू भएर हाल सफल भइसकेका कारखाना र जानकी टेक्नोलोजी प्रालि (खल्ती) लाई स्टार्टअप सक्सेसका रूपमा सम्मान गरिएको छ । उत्कृृष्ट महिलाले नेतृत्व गरेको स्टार्टअपका रूपमा प्योर जोय प्रालिलाई सम्मान गरिएको छ । उनीहरूलाई विभिन्न उच्चपदस्थ कर्मचारी, उद्योग वाणिज्य, बैंकिङ क्षेत्रका विशिष्ट व्यक्तिहरूले सम्मान प्रदान गरेका थिए ।

‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रायोजकमा कुमारी बैंक लिमिटेड र सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेका थिए ।

एशोसिएट पार्टनरमा नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप इन्नोभेशन कमिटी, एनवार्ईएफ तथा डिसहोम फाइबरनेट रह्यो । यस्तै अवार्ड कार्यक्रमलाई सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र व्यञ्जनले सहयोग गरेका थिए ।

कार्यक्रमको इन्फ्रा पार्टनर मन्सिरी ट्रेडिङ र टेक्निकल पार्टर मेङ्गो टेक छन् । न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । गतवर्षदेखि यसले महिला उद्यमीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम थालेको छ भने २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेजहरू तथा उत्कृष्ट कम्पनीहरूलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)