ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ’

२०७८ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं (अस) । सरोकारवालाहरूले स्टार्टअप उद्यमलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्टार्टअप क्षेत्रसँगै समग्र अर्थतन्त्रको विकासका लागि पनि स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने उनीहरूले बताएका हुन् । न्यू बिजनेश एज प्रालिले बिहीवार राजधानीमा आयोजना गरेको कुमारी बैंक न्यू बिज स्टार्टअप समिट एन्ड अवार्डअन्तर्गतको प्यानल डिस्कशनमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यम विकास समितिकी उपसभापति जुना माथेमाले स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने बताइन् । स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्न सके मात्रा स्टार्टअप युनिकर्न भेट्न सकिने उनको भनाइ छ । प्यानल डिस्कशनलाई उद्यमी, कन्सल्ट्यान्ट तथा ट्रेनर सुमन शाक्यले मोडरेशन गरेका थिए ।

उनले स्टार्टअपको सफलता र चुनौतीका विषयमा केन्द्रीत रहेर कार्यक्रम सञ्चालन गरे । उक्त सत्रमा उनले सरकारले गरेका प्रयास र कार्यहरुका विषयमा पनि उनले प्रश्न गरेका थिए । सरकारका अधिकारीहरुलाई खुला रुपमा बहसमा ल्याउन, नेपालमा पनि महिला उद्यमी युनिकर्न हुन सक्छन् की भन्ने विषय पनि उनले उठान गरेका थिए । सो अवसरमा उनले सरकारले स्टार्टअपको कार्यविधि ल्याउन लागेको भएपनि अहिलेसम्म पनि स्टार्टअपको परिभाषा नबनेको र एउटै दृष्टिकोणमा यसलाई हेर्न नहुनेबताए ।

नेपालीकम्पनीहरु युनिकर्नको रुपमा आउन जरुरी रहेको र यो सम्भव रहेको उनको धारणा थियो । भारतमा अर्काे वर्ष २०० ओटा युनिकर्न थपिने अपेक्षा सार्वजनिक भएको भन्दै उनले भने, ‘भारतको त्यो हावा नेपालमा पनि आओस् र त्यस्तो खालको वातावरण बनोस् ।’ यसैगरी नेपालमा पनि युनिकर्न बन्न र आउन सक्ने वातावरण बनाउन सरकार र निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक हुने उनको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले स्टार्टअपलाई प्रोत्साहन तथा विस्तार गर्न सरकारले छिट्टै नयाँ कार्यविधि ल्याउन लागेको बताएका छन् । उनले नयाँ कार्यविधिले अहिलेको समस्यालाई सम्बोधन गर्ने बताए ।

‘स्टार्टअपहरूले के मागेका छन्, अहिलेको आवश्यकता के हो ? त्यसअनुसार नीति बनाउनैपर्छ,’ उनले भने, ‘हामी सोहीअनुसारको कार्यविधि ल्याउन लागि परेका छौं । र, त्यो कार्यान्वयन हुनसक्ने गरी बनाउँछौं । विगतमा जस्तो कार्यान्वयन नै नहुने समस्या अब हुँदैन ।’  स्टार्टअप उद्यमीलाई आवश्यक विधिबाट काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ ।

‘सरकारले स्टार्टअपलाई विधिबाट काम गर्ने वातावरण बनाउनुपर्छ, गर्दै आएको पनि छ । साथै, फाइनान्सको सुविधा पनि दिएको छ,’ उनले भने, ‘यस वर्षका लागि १ अर्बको बजेट छ । तर, त्यतिले पुग्दैन, बढाउनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यम विकास समितिकी उपसभापति माथेमाले नेपालमा स्टार्टअप उद्यमीहरूको तथ्यांक तयार गर्नुपर्ने बताइन् । सरकारी निकायबाट नै यस्तो तथ्यांक बनाउनुपर्ने र त्यसको आधारमा आवश्यक नीति बनाउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा महिला स्टार्टअप उद्यमी पनि युनिकर्न बन्न सक्ने प्रतिबद्धता गरिन् ।

उनले नेपालमा कति समयभित्र स्टार्टअप युनिकर्न खोज्ने भनेर रोडम्याप बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘स्टार्टअपलाई नै संस्कृतिका रूपमा विकास गर्नुपर्छ तब मात्र युनिकर्न भेट्न सम्भव छ । जुन देशमा युनिकर्न छ, त्यहाँ स्टार्टअप संस्कृति छ ।’

हाम्रो पात्रोका म्यानेजर अफ अपरेशन आश्रय दीक्षितले हाम्रो पात्रो नेपालको पहिलो युनिकर्न कम्पनी बन्ने लक्ष्य भएको बताए । हाम्रो पात्रो समाचार, वित्तीय र स्वास्थ्य सेवाको एकीकृत अनलाइन प्लेटफर्म बन्ने योजना पनि भएको उनको भनाइ थियो । दराजका एमडी लिनो आहलेरिंग र जेनेसी सोलुसोनकी अञ्जनी फुयालले नेपाल र विश्वमा प्रविधिमा आधारित व्यवसाय गर्नुको परिप्रेक्षबारे स्पष्ट पारेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)