ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’ सम्पन्न

२०७८ मंसिर, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ सम्पन्न भएको छ ।

राजधानीमा एक विशेष समारोहका बीच बिहीवार सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नेपालको शहरी क्षेत्रबाट नभर्ई ग्रामीण क्षेत्रबाट पनि युनिकर्नहरू आउनुपर्ने बताए ।

अबको ध्यान नयाँ इन्टरपे्रनर्स सृजना गर्नेमा हुनुपर्ने बताउँदै स्टार्टअप बिजनेशका लागि अनुकूलको वातावरण बनाउन अब बन्ने कानूनले सम्बोधन गर्ने बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले स्टार्टअपलाई प्रोत्साहन गर्न नेपालको स्टार्टअप तथा उद्यमशीलता क्षेत्रमा रहेका समस्या सम्बोधन गर्न आफूहरू तयार रहेको बताए ।  ‘राष्ट्र बैंकले लिएको अहिलेको नीतिले स्टर्टअपहरूलाई कुनै समस्या परेको छ, उद्यमशीलता विकासमा अवरोध परेको  छ भने हामीलाई थाहा दिनुहोस् । छिट्टै सम्बोधन गर्नेछौं,’ गभर्नर अधिकारीले भने ।

राष्ट्र बैंकका गभर्नर अधिकारीका अनुसार राष्ट्र बैंकले विदेशी लगानी स्वीकृतिको प्रक्रियालाई लगानीकर्ताले बैंकमा गएर लगानी ल्याउन स्वीकृति लिन नपर्ने गरी स्वचालित बनाएको छ ।

अर्थसचिव मधुकुमार मरासिनीले नेपालको आधाजसो अर्थतन्त्र अझै पनि औपचारिक दायरामा नआएको बताउँदै स्टार्टअप बिजनेश गर्नेहरूलाई सघाउन राज्य तयार रहेको बताए ।
 
सरकारबाट प्राप्त सेवासुविधाबारे पनि बुझाउन नसकिएको बताउँदै स्टार्टअपको विकासका लागि राज्यले प्रयत्न गरिरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा स्टार्टअप बिजनेशलाई अघि बढाउन निजीक्षेत्रबाट विशेष पहल भइसकेको बताए । स्टार्टअपको लगानी सदैव जोखिमपूर्ण हुने बताए ।  गोल्छाले भने, ‘त्यसैले यस्तो खाले लगानीको बीमा हुन जरुरी छ ।,’

स्टर्टअपलाई नयाँ साझेदार चाहिने भएकाले वैदेशिक लगानीमा भएको थ्रेसहोल्ड हटाउनुपर्नेमा उनको जोड थियो । उनले ५० ओटा नयाँ स्टार्टअपलाई व्यवसायको विषयमा सिकाउँदै लगानीको जोहो समेत गरिदिने योजना महासंघले अघि सारेको बताए ।

कुमारी बैंकका कार्यवाहक प्रमुख अनुजमणि तिमिल्सिनाले साना तथा मझौला उद्योग र स्टार्टअपमा बैंक तथा वित्तीय क्षेत्रले कसरी लगानी गर्ने भन्ने नै प्रमुख चुनौती रहेको बताए । उनले भने, ‘बैंकले हेर्ने रिक्स नै हो, यस्ता खाले व्यवसाय कत्तिको दीर्घकालीन हुन्छन्, कति टिकाउ हुन्छ भन्ने विषय नै बैंक तथा वित्तीय संस्थाको चासोको विषय हो ।’ नव उद्यमीले फाइनाइन्स तथा अडिट गर्ने र कर प्रणालीका विषयमा कुमारी बैंकले सहयोग तथा प्रोत्साहन गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले स्टार्टअप उद्यमशीलताको लहर संसारभर तीव्र रूपमा फैलिरहेको बताउँदै नेपालमा पनि यो लहरले विस्तारै गति लिन थालेको बताए  । सफल स्टार्टअप उद्यमहरूलाई पुरस्कृत गर्दा यस्ता उद्यमीहरूलाई मात्र होइन अरू युवाहरूलाई पनि उद्यमी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास उनले व्यक्त गरे ।

यो पनि हेर्नुस् :

‘स्टार्टअपलाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ’

बेस्ट स्टार्टअप अफ द इयर बन्यो उपाय सिटी कार्गो

कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस : ७ ओटा प्रदेशका स्टार्टअपहरु सम्मानित

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ को उद्घाटन

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)