मंसिर १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार महालक्ष्मी विकास बैंकसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२५ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । महालक्ष्मी विकास बैंक, एनआईबिएल समृद्धि फण्ड - १, एचआइडिसीएल,नबिल ब्यालेन्स फण्ड ३ र सिद्धार्थ इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये महालक्ष्मी विकास बैंकको ३ लाख २० हजार १३९ कित्ता धितोपत्र खरीद माग रहेको छ ।
त्यसैगरी एनआईबिएल समृद्धि फण्ड - १ को २ लाख २८ हजार ४ ०० इकाई,एचआइडिसीएलको २ लाख ३ हजार ५२३ कित्ता,नबिल ब्यालेन्स फण्ड - ३ को १ लाख ८२ हजार ९५ इकाई र सिद्धार्थ इक्विटी फण्डको १ लाख ६७ हजार इकाई खरीद माग रहेको छ ।