ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला उद्यमी महासंघ नेपालको साधारण सभा सम्पन्न, निरु रायमाझी खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति

२०७८ पौष, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पुस १०, काठमाडौं । महिला उद्यमी महासंघ नेपाल(फेवान) को  आठौंं महाधिवेशन तथा १८ औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।

सभामा महांसघकी महासचिव सुनिता वैद्य श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि तय गरिएको कार्ययोजना पनि प्रस्तुत गरेकी थिइन् । त्यस्तै महांसघका कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सभामा महिला उद्यमी महांसघको नयाँ कार्यकारिणी समिति चयनका लागि चुनावी प्रक्रिया सम्पन्न भएको थियो । यसक्रममा महांसघले पहिलो पटक नेपालको प्रादेशिक संरचना अनुरुप सात ओटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्यहरुको चयन गरेको छ । 

सभाले निरु रायमाझी खत्रीको अध्यक्षतामा २५ सदस्यहरुसहितको कार्यकारिणी समिति चयन गरेको छ ।

जसअनुसार महासंघको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्धितिय उपाध्यक्षमा दर्शना श्रेष्ठ, तृतिय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, चौथो उपाध्यक्षमा बासन्ती प्रधान, महासचिवमा महालक्ष्मी श्रेष्ठ, सचिवमा सविता सुवेदी र कोषाध्यक्षमा कुन्नम पोखरेल रहेका छन् ।

यसैगरी कार्यकारी सदस्यहरुमा सुमित्रा पलाञ्चोके, दिपा थपलिया, नीता प्याकुरेल, श्रद्धा जोशी, सोनी जोशी, शेमा विष्ट,सरिता तुलाधर, प्रदेश नं १ बाट कृती श्रेष्ठ, प्रदेश नं २ बाट देव कुमारी पौडेल, प्रदेश नं ३ बाट अर्पना प्रधान भण्डारी, प्रदेश नं ४ बाट पार्वती पौडेल, प्रदेश नं ५ बाट सरस्वती शर्मा, प्रदेश नं ६ बाट कविता सोडारी र प्रदेश नं ७  बाटमीना फुलारा चयन भएका छन् ।

यसैगरी आमन्त्रित सदस्यमा आरती नेपाल,मल्लिका श्रेष्ठ चयन भएका छन् । बाँकी दुई सदस्य भने पछि मनोनित गरिने महासंघले बताएको छ । 

यसैबीच महासंघको शुक्रवार वार्षिक साधारण सभा सम्पन्न भएको छ । महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा निर्वतमान अध्यक्ष रीता सिंहले स्वागत मन्तव्य राखेकी थिइन् ।

सभामा उत्कृष्ट  जिल्ला उद्यमी पुरस्कार वितरण, सक्रिय सदस्य पुरस्कार, वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार वितरण, सस्थापक सदस्यहरुलाई प्रशंसा पत्र वितरण, आजिवन सदस्यलाई सम्मान  गरिएको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)