ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उद्योग संगठन मोरङ–श्रीलंकाली राजदूत भेटवार्ता

२०७८ पौष, ११  
कोशी प्रदेश
Jagdamba Supershine Image Not Found

विराटनगर (अस) । उद्योग संगठन मोरङका प्रतिनिधि र श्रीलंकाली राजदूत हिमाली अरुणतिलकाबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित श्रीलंकालीे दूतावासमा हालै भएको भेटघाटमा द्विपक्षीय व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि आपसी अनुभव, शीप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच धार्मिक तथा सांस्कृतिक समानतालाई आर्थिक एवं व्यावसायिक महत्त्व र अवसरमा रूपान्तरणको सम्भावनाबारे संगठनले चासो राखेको उल्लेख गरे । पर्यटनको क्षेत्रमा श्रीलंका र नेपालबीच व्यावसायिक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलंकाका उद्योगीहरूबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिन उनले राजदूतलाई अनुरोध गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले निर्यातमूलक उद्योगको प्रवद्र्धनका लागि श्रीलंकाले गरेको सफल अभ्यासका अनुभव तथा प्रयासबारे नेपाली उद्योगी जान्न र बुझ्न उत्सुक रहेको बताए ।

राजदूत अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायत धेरै क्षेत्रमा सहकार्यको सम्भावना रहेको भन्दै दुई मुलकका उद्योगी तथा व्यवसायीबीच सहजीकरण गर्न आपूm तयार रहेको बताए । दूतावासकै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इन्डस्ट्रिजबीच संस्थागत सहकार्यका लागि २७ जनवरीमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)