ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल उड इन्टरनेशनल एक्सपो पुस २३ गतेदेखि, १०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका स्टल राखिने

२०७८ पौष, २०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

पुस २०, काठमाडौं । नेपाल उड इन्टरनेशनल एक्सपो तथा नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर एक्सपो  सातौं वर्ष पनि पुस २३, २४ र २५ गते काठमाडौंको भृकृटीमण्डपमा हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका स्टल रहने छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब-डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हुँदै आएको आयोजकले बताएको छ ।

उक्त प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँप्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँप्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने पनि आयोजकले बताएको छ ।

साथै  प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने छ ।  आयोजकले प्रदर्शनी अवधिमा विभिन्न सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आयआर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड - १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत सहयोग पुग्ने बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)