ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय सवारी साधन निर्माण कम्पनी खोल्दै सोनी 

२०७८ पौष, २२  
अन्तरराष्ट्रिय यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पुस २२, टोकियो (जापान) । जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले विद्युतीय सवारी साधन बनाउनका लागि नयाँ कम्पनीको स्थापना गर्दैछ ।

कम्पनीले यही वर्षको बसन्त याममा सो कम्पनी खोल्ने सोनीका प्रमुख कार्यकारी अध्यक्ष तथा प्रेसिडेन्ट केनिचिरो योशिदाले बताएका हुन् । योशिदाले अमेरिकामा आयोजित सीईएस प्रविधि सम्मेलनमा बोल्ने क्रममा यस्तो भनेका थिए । 

पछिल्लो समय विद्युतीय सवारी साधन बजार तीव्र दरमा बढिरहेको छ । यस क्षेत्रमा लगानी गर्ने होड नै चलेको छ । यस दौडमा होमिने सोनी पछिल्लो कम्पनी हो । कम्पनीले सन् २०२२ को बसन्तमा सोनी मोबिलिटी इंक लञ्च गर्ने योशिदाको भनाइ छ । 

सोनीले यस अघि नै विद्युतीय सवारी साधनको प्रोटोटाइप बनाइसकेको छ । यो सार्वजनिक सडकमा परीक्षण समेत भइरहेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)