ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ताप्लेजुङमा धान उत्पादन वृद्धि, यस वर्ष २२ हजार १७.२४ मेट्रिक टन उत्पादन  

२०७८ माघ, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

माघ ११, ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो । 

जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । 

सो खेतीबाट २२ हजार १७ दशमलव २४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए ।

गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)