ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ताप्लेजुङमा धान उत्पादन वृद्धि

२०७८ माघ, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन बढको हो । जिल्लाको ९ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७ दशमलव २४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए । गतवर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले बताएको छ । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)