ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ताराखोलाले बनायो प्रशासनिक भवन

२०७८ फागुन, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन  निर्माण गरेको छ ।

ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको ताराखोला गाउँपालिकाले जनाएको छ ।  
   
५ करोड लागतमा निशान/आचार्य/बिके जेभी निर्माण कम्पनीले पाँच महिनाअगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपांगतामैत्री प्रशासकीय भवन निर्माण गरेको हो ।

लिफ्टसहितको सुविधासम्पन्न यो संरचना जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा संघीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवन अभाव हुँदै आएको थियो ।     

ताराखोलाले हालसम्म प्रशासनिक शाखा कार्यालय सार्वजनिक तथा निजी भवन भाडामा लिएर काम गर्दै आएको छ । गाउँपालिकाले साविक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सुरु गरेको थियो ।

भवनलाई स्तरोन्नति गरी प्रशासनिक कार्य सम्पादन गर्दै आएकामा गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र पालिकाको ४० प्रतिशत गरी कुल ५ करोड लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।     

उनले नवनिर्मित प्रशासकीय भवनबाट फागुन १ गतेदेखि सेवा दिइने बताए । ‘अहिलेको भवन साँघुरो हुँदा सेवा प्रवाहमा निकै समस्या थियो’, अध्यक्ष घर्तीले भने, ‘नयाँ प्रशासनिक भवन निर्माणसँगै सेवा प्रवाह सहज हुने अपेक्षा  छ ।’    
 
निशान/आचार्य/वि.के जेवी निर्माण कम्पनीले ०७७ असार २० गते ५ करोड १० लाख ७ हजार लागतमा भवन निर्माणको सम्झौता गरेको थियो । ०७९ साल असार २० गते सम्पन्न गर्नुपर्नेमा ६ महिनाअघि नै भवन निर्माण सकिएको र माघभित्रै गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले बताए ।     

लिफ्टसहितको तीनतले भवनमा ३०० क्षमताको सभाहल, योजना शाखा, आइटी शाखा, प्राविधिक शाखा, राजस्व, लेखा र स्टोर, उपाध्यक्ष कक्ष, कानुनी कक्ष, सार्वजनिक कक्ष, पुस्तकालय, सुरक्षा कक्ष, अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहेको गाउँपालिकाले बताएको छ ।

एक पटकमा ६ जना चढ्न मिल्ने लिफ्ट  आधुनिक रहेको र त्यसको मूल्य ३५ लाख परेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ताराखोलाको स्थानीय ढुंगा टाँसेर भवनलाई आकर्षक तथा परम्परागत बनाइएको छ । रासस   

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)