ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक, एकै दिन २५ सय रुपैयाँ बढ्यो

२०७८ फागुन, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं। बिहीवार सुनको मूल्य करीब एक लाख रुपैयाँ पुगेको छ । बुधवारको तुलनामा एकै दिन २ हजार ५०० रुपैयाँले बढेपछि विहीवार प्रति तोला ९९ हजार पुगेको छ ।

यो मूल्य डेढ वर्ष अघिको सर्वाधिक उचाईंबाट करीब ४ हजार रुपैयाँ मात्रै कम हो । २०७७ साउनमा नेपालमा सुनको मूल्य प्रति तोला एक लाख रुपैयाँ नाघेको थियो । बिहीवार चाँदीको मूल्य पनि प्रति तोला ३५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ पुगेको छ ।

रुस र युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य करिब २ हजार डलर नजिक पुगेको छ । रुस युक्रेन तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पनि ७ वर्षपछि ऐतिहासिक उचाईमा पुगेको छ ।

बिहीवार प्रतिव्यालेर १०० डलरभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)