ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य दैनिक १ हजार रुपैयाँले घटबढ हुँदै, डलरको भाउमा पनि उतारचढाव

२०७८ फागुन, १३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ ।

बिहीवार एकै दिन प्रतितोला २ हजार ५०० रुपैयाँलेले बढेर ९९ हजार रुपैयाँ पुगेको सुन शुक्रवार १ हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा आएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बिहीवार सुन प्रतितोला १ हजार रुपैयाँले घट्दा, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ । 
अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ निरन्तर उकालो लागेको छ ।

रुस युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य करीब २ हजार डलर नजिक पुगेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९१३ डलर ८१ सेन्ट पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा डलरको भाउ पनि बढेको छ । बिहीवार डलरको विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेकोमा शुक्रवार १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)