ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुधवार सुनको मूल्य यो वर्षकै उच्च, एकै दिन करीब २ हजार रुपैयाँले बढ्यो भाउ

२०७८ फागुन, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन १८, काठमाडौँ । बुधवार सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलवारको तुलनामा बुधवार सुनको मूल्य प्रतितोमा १ हजार ९०० रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रपैयाँ पुगेको छ । मंगलवार सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँमा रहेको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी पनि ३५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । 

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ भने घटेको छ । रुस-युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य मंगलवार करीब २ हजार डलर नजिक पुगेको थियो । बुधवार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९३५ डलर ३० सेन्ट पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ स्थिर रहेको । मंगलवार र बुधवार नेपालमा डलरको विक्रिदर १२० रुपैयाँ ८५ पैसा कायम छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)