ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सवारी आयातमा वक्रदृष्टि

२०७८ फागुन, १९  
पाठक विचार
NA

यातायात विकासको वाहक हो । तर, नेपालमा यसलाई विलासिता र अनावश्यक वस्तुको कोटीमा राखिएको छ । सरकारले सबैभन्दा बढी राजस्व यही क्षेत्रबाट पाउँछ । भन्सार, अन्तःशुल्क, सडक कर, यसमा प्रयोग हुने पेट्रोल डिजेलबाट प्राप्त हुने आम्दानी हेर्दा खर्बभन्दा बढी यही क्षेत्रबाट राजस्व उठ्छ । तर, यही क्षेत्रलाई सरकारले अप्ठ्यारो पार्ने गरेको छ । अहिले विदेशी विनिमय सञ्चिति घटेको भन्दै सवारीसाधनको आयातमा कडाइ गरिएको छ । गत माघ पहिलो साता राष्ट्र बैंकले सवारीसाधनको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । यो नीतिगत व्यवस्थाको असर आयातमा देखिएको छ र सवारीसाधनको मूल्य बढ्न थालेको छ । यो नीतिले गर्दा विनाब्याज ठूलो रकम लामो समयसम्म बैंकमा होल्ड हुन्छ । त्यसले अर्थतन्त्रलाई समेत असर गर्न सक्छ ।

सवारीसाधनलाई अनुत्पादक क्षेत्रमा राख्नु नै गलत हो । यो समग्र उत्पादनमूलक क्षेत्रसँग जोडिएको छ । अन्य देशमा अटोमोबाइल्स क्षेत्रलाई उत्पादक क्षेत्रमा राखिएको छ । सरकारी नीतिका कारण ६ महीनाको अवधिमा नेपालमा २ पटक सवारीसाधनको मूल्य बढेको छ । उनले तेस्रो मुलुकबाट सवारीसाधनको आयात गरेर नेपालमा विक्रीवितरण गर्नेभन्दा नेपालमा नै उत्पादन गर्ने उद्योग समस्यामा परेको छ । अतः सवारीसाधन आयातमा कडाइ गर्नुभन्दा यसलाई कसरी अझ बढी उत्पादनमूलक बनाउन सकिन्छ भन्ने खालको नीति बन्नुपर्छ । यसले रोजगार सृजनामा दिएको योगदान बिर्सन मिल्दैन । अतः यसमा लगाइएको उच्च कर घटाइयोस् ।

मोहन कार्की
मण्डिखाटार, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement