ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको भाउ हालसम्मकै उच्च, सुनको मूल्य रेकर्ड भन्दा ५०० रुपैयाँ मात्रै कम

२०७८ फागुन, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन २४, काठमाडौं। मंगलवार नेपाली मुद्रा हालसम्मकै कमजोर देखिएको छ । १ मअेरिकी डलर किन्न नेपाली १२३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ ।

सुनको मूल्य भने मंगलवार स्थिर रहेको छ । गत सातादेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलवार भने यथावत रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भईरहेको छ । यो मूल्य यस अघिको सर्वाधिक उच्च मूल्यको रेकर्डभन्दा ५०० रुपैयाँ मात्रै कम हो । यस अघि सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कायम भएको छ ।

सोमवार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । रुस र युक्रेन बीच भएको तनावका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै उकालो लागेको थियो । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ९८९ डलर ४२ सेन्टमा झरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)