ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पेट्रोलियम व्यवसायीले उठाएनन् निगमबाट इन्धन, आइतवारदेखि वितरणसमेत रोक्ने चेतावनी 

२०७८ चैत, १८  
उपभोक्ता
Jagdamba Supershine Image Not Found
author avatar प्रतिक्षा कँडेल

चैत १८, काठमाडौं । पेट्रोलिय व्यवसायीले शुक्रवारदेखि इन्धनको ढुवानी बन्द गरेका छन् ।

कमिसन वृद्धि गर्नुपर्ने माग गर्दै उनीहरुले डिपोबाट इन्धन नउठाएको आयल निगमले जानकारी दिएको छ । निगमका प्रबक्ता बिनितमणी उपाध्यायले व्यवसायीले डिपोबाट शुक्रवार इन्धन नउठाएको बताए ।

‘सेना, प्रहरी र साझा पेट्रोल पम्पले मात्रै शुक्रवार निगमबाट इन्धन लगेका छन् । अरु निजी क्षेत्रका पम्पले इन्धन उठाएनन्’ उपाध्यायले आर्थिक अभियानलाई भने ।

केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपोमा पुगेर केही बेर बिरोध गरेको पनि उपाध्यायले बताए ।

व्यवसायीलाई जेठ मसान्तसम्मको समय मागेर माग सम्बोधन गर्ने आयल निगमले बताउँदै आएको छ ।  ‘व्यवसायीहरु आफ्नै अडानमा लागेका छन्, जायज माग सम्बोधन गर्नका लागि हामी तयार छौं तर समय दिन भनेका छौं’, उनले भने ।

व्यवसायीले आइतबारदेखि पम्पबाट समेत तेल वितरण नगर्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुमा पर्छ । कानूनअनुसार यस्तो पदार्थको आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन ।

२०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा हडताल गर्न नपाइने उल्लेख भए पनि व्यवसायीले उलंघन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)