ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अर्थ मन्त्रालय र राष्ट्र बैंक बीच समन्वय नहुँदा अर्थतन्त्र जटिल : उद्योग संगठन मोरङ

२०७८ चैत, २७  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, काठमाडौं । उद्योग संगठन मोरङले अर्थ मन्त्रालय र राष्ट्र बैंक बीच समन्वय नहुँदा अर्थतन्त्र जटिलतामा जान सक्ने भन्दै चिन्ता प्रकट गरेको छ । 

संगठनले आइतवार विज्ञप्ति जारी गर्दै तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिति तथा आयात निर्यात सहजीकरणका लागि नीतिगत निकाय र नियमनकारी निकाय बीच प्रभावकारी समन्वय हुनु पर्नेमा अविश्वासको वातावरण सृजना भएको बताएको छ ।

साथै उसले विज्ञप्तिमा भनेको छ, ‘अर्थतन्त्रको अवस्था राम्रो नभएको यस संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकायबीच देखापरेको यस प्रकारको असमझदारीले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तरराष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरु चाल्न सरकारलाई आग्रह गर्दछौं ।’


बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज वृद्धि तथा वैदेशिक विनियम सञ्चितिको अभावमा कच्चा पदार्थ लगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरेहको भन्दै उसले सरकार तथा नियमनकारी निकाय थप गम्भीर भई एक आपसमा प्रभावकारी समन्वयका साथ यो संकटको यथासक्य समाधान खोज्नुपर्ने पनि बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)