ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ वर्षमा एकैदिन सौराहामा ५ हजारभन्दा बढी पर्यटक भित्रिए 

२०७९ बैशाख, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्षमा एकैदिन पाँच हजार बढी पर्यटक भित्रिएका छन् । सौराहामा आयोजना गरिएको सौराहा फुड फेष्टिवल तथा नयाँ वर्षको प्रभावले  एकैदिन सो संख्यामा पर्यटक भित्रिएका हुन् । यो कोरोना कहर पछिको उच्च संख्या भएको व्यवसायीको भनाइ छ । 

बुधवारबाट फेष्टिवल शुरु भएको  थियो  । नयाँ वर्ष मनाउन र फेष्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको फुड फेष्टिवल संयोजक ध्रुव गिरीले जानकारी दिए  । फेष्टिवलको प्रभावले सौराहा भरिभराउ रहेको र सबै होटल बुकिङ भएका छन् । सौराहामा अहिले करीब ८०० को हाराहारीमा विदेशी पर्यटक रहेका छन् । 

बुधवार सौराहा आएका स्वदेशी पर्यटकमध्ये केही फर्किएका छन् भने त्यत्तिकै संख्यामा बिहीवार पनि पर्यटकहरु आएको गिरीले बताए । आउने र जाने पर्यटकको संख्या उत्तिकै रहेका कारण सौराहामा पर्यटक खचाखच रहेको छ । 

प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिवल यसपटक चैत ३० देखि वैशाख २ गते (आज) सम्म सञ्चालन हुनेछ । उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन व्यवसाय पनि सुचारू भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए ।

फेष्टिवलका लागि सौराहाको मुख्य बजार कलात्मक तरीकाले सजाइएको छ । फेष्टिवलअन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेष्टिवलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए ।

फेष्टिवल अवधिभर कार्यक्रमस्थलदेखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातिहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडकमै रमाउने व्यवस्था  मिलाइएको छ । नयाँ वर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वातावरण बनाइएको छ । 

सडककिनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिँदै विभिन्न जातजातिको संस्कृतिसँग रमाउन सक्ने गिरीले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)