ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चीनले बनायो एकपटक चार्ज गर्दा ३०० किलोमिटर गुड्ने स्कुटर,  ९० को स्पिड दिने, डबल डिस्क ब्रेक !

२०७९ बैशाख, २१  
समाचार यातायात
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं। हाल बिश्व अटो बजारमा ईलेक्ट्रिक दूई पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कम्पनीहरूको होडनै चलेको छ ।

इलेक्ट्रिक टू-व्हिलर निर्माता कम्पनीहरुले पावरफुल ब्याट्री निर्माणको गति पनि उत्तिकै बढाएका छन् । यस्तैमा ईलेक्ट्रिक बाईक निर्माता चिनियाँ कम्पनी हार्विनले आफ्नो पावरफुल म्याक्स-स्कुटर एसकेथ्री सार्वजनिक गरेको जनाएको छ । 

पछिल्लो समय ईलेक्ट्रिक स्कुटरमा आगलागिको समस्या रहेको र यसमा खासै कमी नआएको बताईन्छ । तर यसको उत्पादन तथा परीक्षणको काम भने रोकिएको छैन ।  सबै कम्पनीहरु  आफ्ना उत्पादनलाई पावरफुल बनाउन तथा यसको रेञ्ज बढाउने तर्फ नै लागेका छन् । 

यसैमा चिनियाँ कम्पनी हार्विनले आफ्नो पावरफुल म्याक्स-स्कुटर एसकेथ्री यूरोपियन बजारमा सार्वजनिक गरेको हो ।

यो स्कुटर खासगरी लामो दुरीको यात्रा तय गर्न मिल्ने हिसाबले डिजाईन गरिएको बताईएको छ । कम्पनीका अनुसार यो स्कुटर सिंगल चार्जमा ३०० किलोमिटर सम्म गुड्न सक्छ । यसमा धेरै एड्भान्स फिचर समेत राखिएको छ। 

सिंगल चार्जमा ३ सय किलोमिटरको रेञ्ज 
न्यू हार्विन एसकेथ्रीमा ३.१ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ।  यसमा ७२ भोल्ट ३६ एएचको क्षमताको लिथियम आयन ब्याट्री प्याक जडान भएको छ ।

कम्पनीको भनाई अनुसार सिंगल चार्ज गरेपछि यो स्कुटरलाई ३०० किलोमिटर सम्म दौडाउन सकिन्छ ।  यसको फुल स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा स्मार्टफोन कनेक्टीभीटी तथा डूअल एलईडी हेडल्याम्प सहित टीएफटी ईन्स्टुमेन्ट कन्ट्रोल पनि राखिएको छ । यसलाई स्मार्ट फोनको सहायताले अन/अफ गर्न सकिन्छ ।
 

क्रुज कन्ट्रोल तथा डिस्कब्रेक
यसमा ड्राईभिङ ‌एक्सपिरियन्सलाई राम्रो बनाउन क्रुज कन्ट्रोल रहेको छ भने सुरक्षाको लागि डूअल डिस्क ब्रेक दिएको छ । यसको अगाडि तर्फ टेलिस्कोपिक फोर्क्स अथवा रियर र डुअलसक एब्जर्बसस्पेन्सन रहेको छ। 

यूरोपीयन बजारमा यसको मूल्य ४ हजार ५०० यूरो रहेको छ । यो स्कुटर दूईपाङ्ग्रे साधनमा लामो यात्रा गर्न रुचाउनेहरुका लागि उपयुक्त हुने बताईएको छ । यसलाई बिश्वबजारमा कहिले उपलब्ध हुन्छ भन्ने खुलाईएको छैन ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)