ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अर्ग्यानिक खेतीको सम्भावना

२०७९ बैशाख, २३  
१० वर्ष अघि
NA

केही विदेशीले मात्र किन्ने गरेको अग्र्यानिक प्रविधिबाट उत्पादित तरकारी अब हुने खाने नेपालीको पनि छनोट बन्न थालेको छ । उपत्यकाका यस्तो तरकारी किन्ने ठाउँ ललितपुरको होटल समिट बनेको छ । ललितपुरको कोपुण्डोलस्थित यस होटलले आइतबार र बुधबार बिहान ८ बजेदेखि १२ बजेसम्म अर्ग्यानिक तरकारी किनबेच गर्ने ठाउँ उपलब्ध गराएको छ ।

अग्र्यानिक भनेर बेचिने चिया, कफीजस्तै तरकारी पनि सीमित मात्रमा भए पनि उत्पादन हुन थालेको छ । रासायनिक मलखाद र विषादी नराखी उत्पादन हुन्छ । खेती गर्ने लागत केही बढी भए पनि जैविक मलखाद हालेर माटोमा पोषण पुर्‍याउन सके रासायनिक मलखाद हाल्दाभन्दा कम नफल्ने बागवानी विज्ञ डा. केदार बुढाथोकी भन्छन् । माटाको उर्बर शक्ति बढाउन र प्राणीलाई बचाउन यस किसिमका प्रविधिहरू सानै स्तरमा भए पनि नेपालमा अब चलनचल्तीमा आइसकेका छन् ।

‘रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोगले माटोमा उर्बरा तत्त्व त बिग्रन्छ नै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्छ,’ बुढाथोकीको भनाइ छ मानवीय स्वास्थ्यमा पर्ने नकारात्मक असर छाला चिलाउने, बालिकाहरूमा छिटो प्रजनन चक्र शुरू हुने, बालकहरूमा ढिलो प्रजनन शक्ति देखिने, शारीरिक तथा मानसिक रूपमा अपांग भएका बच्चा जन्मने र जन्मिसकेकाले आँखाको ज्योति गुमाउने क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने कुरा भारतको केरला राज्यस्थित एक गाउँको अध्ययनले देखाएको छ । त्यहाँ अग्र्यानिक खेती लोकप्रिय भइसकेको छ ।

वर्ष ५, अंक २१, २०६६, माघ ११–१७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement