ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

'प्रकृतिप्रेमी समूह' को १६६ औं हाइकिङ नमोः बुद्धमा, जंकफुड खान निषेध, पानी खाने छुट्टै तरिका !

२०७९ बैशाख, २६  
स्वास्थ्य र जीवन शैली
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वास्थ पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएको प्रकृतिप्रेमी समूहको १६६ औं हाइकिङ शनिवार काभ्रेको नमोः बुद्ध क्षेत्रमा भएको छ ।

समूहले वि.सं. २०६३ सालदेखि हरेक महिनाको चौंथो शनिवार यसरी पदयात्रा गराउँदै आएको छ । 

ललितपुरको सातदोबाटोस्थित निरोगधामबाट काभ्रे भञ्ज्याङसम्म गाडीमा पुगेर समूहका सदस्यहरूले त्यहाँबाट सल्लाघारी जंगल, कुइँकेल बस्ती हुँदै नमोःबुद्ध र नमोःबुद्धबाट शंखु, इँटे भएर बतासेसम्म हाइकिङ गरेका हुन् । समूहका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वमा हाइकिङ भएको थियो । 

बाटैभरि ऐंसेलु रहेको र प्रकृतिको काखमा फलेका ऐंसेलु चाख्दै हरियाली वातावरणमा पदयात्रा गर्दा शरीर र मनमा ऊर्जा बढेको अनुभूति भएको श्रेष्ठले बताए ।  

स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर गरिने पदयात्रा भएकाले समूहको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध गरिन्छ । पदयात्रीलाई स्वास्थ्यवर्द्धक खाना र खाजा खुवाइन्छ । पानी खाने तरिका पनि सिकाइन्छ । 

समूहले अचेल महीनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको छ । यसैक्रममा अब जेठको दोस्रो र चौथो शनिवार हाइकिङ गरिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)