नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले राज्यले निजीक्षेत्रको भूमिकामाथि सीमा तोक्नुपर्ने धारणा अगाडि सारेका छन् । निजीक्षेत्रको योगदानबाट मात्रै समतामूलक समाज निर्माण गर्न पर्याप्त नभएको उनले बताएका छन् । ‘मुलुकको विकासका निम्ति सरकार, निजीक्षेत्र र सहकारी तीनवटै तप्काको भूमिका महŒवपूर्ण हुन्छ । तर सहकारीका माध्यमबाट मात्रै मुलुकमा न्यायपूर्ण र समतामूलक आर्थिक विकास हुन सक्छ । नेपालको परम्परावादी र अर्धसामन्ती उत्पादन प्रणालीलाई सहकारीका माध्यमबाट मात्र आधुनिक तथा न्यायपूर्ण बनाउन सकिन्छ,’ खतिवडाले अभियानसँग भने, ‘त्यसैले सहकारितालाई मुलुकको अर्थराजनीतिको केन्द्रविन्दुमा ल्याउनुपर्छ ।’
राजनीतिक मुद्दाले नेपालको आर्थिक मुद्दालाई सधैं ओझेलमा पार्दै आएको खतिवडाको भनाइ छ । । ‘राजनीतिक दलहरूले देशको आर्थिक, सामाजिक रूपान्तरणको कुरा गर्छन्, समाजवादउन्मुख अर्थतन्त्र आवश्यकताको चर्चा गर्छन् तर त्यो बाटोमा हिँड्ने जमर्को चाहिँ गर्दैनन् । अहिले राज्यको पुनःसंरचना र समतामूलक आर्थिक उन्नतिसमेत निजीक्षेत्रले मात्र गरोस् भनेर छाडिएको देखिन्छ तर के निजीक्षेत्रबाट मात्र यो काम सम्भव होला ?’ खतिवडाले राजनीतिक दलप्रति संकेत गर्दै भने । मुलुकको सामाजिक र आर्थिक रूपान्तरणका निमित्त कसैले पनि ठोस कार्यक्रम र विचार ल्याउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।
वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३