वैशाख २७, काठमाडौ । परिमल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले कर्जा अधिकृत १ जना, बजार अधिकृत १ जना, बजार प्रतिनिधि २ जना गरि जम्मा तीन जना कर्मचारी आवश्यक भएको जानकारी दिएको हो ।
साथै कम्पनीले कर्जा अधिकृत र बजार अधिकृतलाई स्नातक तह उतीर्ण गरी सम्बधित क्षेत्रमा २ वर्षको अनुभव भएको हुनुपर्ने र बजार प्रतिनिधिका लागि एसईई पास गरी सम्बन्धित क्षेत्रमा अनुभवी हुनुपर्ने बताएको छ ।
ईच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र कम्पनीको कार्यालयमा सम्पर्क राख्न तथा कम्पनीको ईमेल ठेगानामा बायोडाटा पठाउन सक्नेछन् ।