ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मस्कले डोनल्ड ट्रम्पको आजीवन ट्विटर प्रतिबन्ध हटाउने, ट्विटरमा फर्किन्न : ट्रम्प

२०७९ बैशाख, २८  
अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी विद्यूतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।

आफूले कम्पनी सम्हालेपछि प्रतिबन्ध सच्याउने उनले मंगलबार ‘फाइनान्सियल टाइम्स फयूचर अफ द कार’ शिखर सम्मेलनमा बताएका हुन् । ट्रम्पमाथि लगाइएको प्रतिबन्ध एउटा गल्ती भएको उनको भनाइ छ । ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत भएको र यो मूर्खतापूर्ण निर्णय भएको पनि उनले बताएका छन् । 

अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । कम्पनीको उक्त निर्णयले ट्रम्पको आवाज दबाएन कट्टर दक्षिणपन्थीहरुमाझ उनको आवाज झनै चर्को बनायो । 

ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । आफ्नो खाता पुनः सञ्चालनमा आएपनि आफू ट्विटरमा नफर्किने ट्रम्पले यस अघि नै बताइसकेका छन् । अहिले नै ट्विटर मस्कको स्वामित्वमा आइसकेको छैन । कम्पनी खरिदको सम्झौतालाई कम्पनीको शेयरधनी र नियामकहरुले मञ्जुरी दिन बाँकी नै छ । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement