ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लकडाउनको झल्को दिने गरी सुनसान बने काठमाडौंका बजार : (फोटो फिचर)

२०७९ बैशाख, २८  
र यो पनि फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

वैशाख २८, काठमाडौं । बाह्रै महीना, सातै दिन भीड भाड हुने महाबौद्ध स्थित खासा बजार स्थानीय निर्वाचनको मुखमा सुनसान देखिएको छ । लस्करै बन्द रहेका सटर हेर्दा बिगतमा गरिएको लकडाउनको झल्को आउँछ ।

व्यवसायीदेखि कर्मचारीसम्म स्थानीय चुनावका मतदान गर्न गएपछि खासा बजारका धेरै जसो सटर बन्द भइसकेका छन। खुलेका पसलहरुमा पनि सेवाग्राही नै छैनन् ।

खासा बजारमै मतदान केन्द्र रहेकाले पनि त्याहाँ २०० मिटर वरपर कुनै गतिविधि गर्न दिइएको छैन । यसले गर्दा त्याहाँका धेरैजसो सटर बन्द गरिएका हुन् । तर वरपर खुलेका बजारमा पनि सेवाग्राहीको उपस्थिति भने नगन्य छ ।

फसिकेब, गुच्चाटोल, न्यूरोड, इन्द्रचोक, असन, मच्छेन्द्रबहाल तथा भोटेबहालको बजार क्षेत्र पनि लगभग सुनसान भइसकेको छ । व्यवसायीहरू भने आउंदो आइतवारबाट बजार सामान्य हुनेमा विश्वस्त देखिएका छन् । 

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement