ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सबै केन्द्रमा पुगे मतदान अधिकृत

२०७९ बैशाख, २९  
लुम्बिनी प्रदेश
Jagdamba Supershine NA

रूकुमपूर्व । रूकुमपूर्वको सबै मतदान केन्द्रमा मंगलवार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमवार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मंगलवार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम शुरू गरिसकेका छन् । सबैले सम्बद्ध मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा विक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका सूचना टाँस गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । भौगोलिक हिसाबले विकट यस जिल्लाको सिस्ने–१, पुथाउत्तरगंगाको १, २, ३ लगायत वडाहरूमा खटिएकाहरू २ दिन लगाएर पुगेका छन् ।

अब उनीहरूले २८ र २९ गते स्वयंसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कायर्यक्रम सञ्चालन गर्नेछन् । मतदान सकिएपछि पनि सम्बद्ध पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्‍याउन टाढाको मतदान केन्द्रबाट साढे १ देखि २ दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताए । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुमान गरेकाले पानी पर्‍यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ कि भन्ने डर पनि रहेको उनले जानकारी दिए ।

सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उहाँको भनाइ छ । रूकुमपूर्वमा ३५ मतदानस्थल र ४९ ओटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८९४ पुरूष र १६ हजार ६२४ महिला गरी ३३ हजार ११८ मतदाता रहेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)