ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी

२०७९ बैशाख, २९  
कोशी प्रदेश
Jagdamba Supershine NA

विराटनगर । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् । जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । प्रदेश नं १ मा कुल १३७ पालिकामा १ हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख, १३७ उपप्रमुख र १ हजार १५७ वडाध्यक्ष तथा ४ हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरूले मौन अवधि शुरू हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, र्‍याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित तुल्याउन प्रमुख जिल्ला अधिकारीले आआफ्ना जिल्लाको भूगोल, जनसंख्या, मतदान केन्द्र र मतदानस्थलको वास्तविकतामा उभिएर सुरक्षा व्यवस्था मिलाएको सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढंगले अध्ययन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बताए । खोटाङमा पुरुष ७५ हजार र महिला ६८ हजार ७४६ गरी १ लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)