ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यामाहाको रेजेडआर १२५ एफआई स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित बजारमा

२०७९ बैशाख, २९  
बजार
NA

काठमाडौं (अस) । यामाहाको रेजेडआर १२५ स्ट्रीट र्‍याली भर्सन स्मार्ट स्कुटर ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा आएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’मा सो स्कुटर सार्वजनिक गरेको हो । मेला गत वैशाख १५ गतेदेखि २१ गतेसम्म चलेको थियो । यामाहाको रेजेडआर १२५ एफआई फ्युल क्षमतालाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । यो अहिले स्मार्ट स्कुटरको रूपमा आएको कम्पनीले बताएको छ ।

‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलोपटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेडआरले सामान्यतया प्रतिलिटर ५८ किलोमिटर माइलेज दिन्छ । सो स्कुटरले अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँ जोगाउन सक्ने कम्पनीले दाबी गरेको छ । एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले ‘गुगल प्ले स्टोर’ र आईफोन प्रयोग गर्ने चालकले ‘एप्पल’को एप स्टोरमार्फत यामाहाको ‘कनेक्ट–एक्स’ एप डाउनलोड गरी उक्त एपमार्फत मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्ने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement