वैशाख २९, काठमाडौं । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य एकैदिन प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने बिहीवार सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८५१ दशमलव ७० डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने घटेको छ । बिहीवार एक अमेरिकी डलरको विक्रीदर १२३ दशमलव शून्य ४ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव शून्य ४ रुपैयाँ रहेको थियो ।