ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

९ महीनामा भित्रियो २ खर्ब १८ अर्बको पेट्रोलियम पदार्थ 

२०७९ बैशाख, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौ । यस आर्थिक वर्षको ९ महीनाको अवधिमा देशमा कुल २ खर्ब १८ अर्ब ३५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैतमसान्तसम्मको विवरणअनुसार कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी  १४ दशमलव ९ प्रतिशत छ । पेट्रोलियम पदार्थको आयात बढ्दो देखिन्छ । गत वर्षको तुलनामा २ प्रतिशतले यसको आयात बढेको छ । 

गत आर्थिक वर्षको ९ महीनामा जम्मा १ खर्ब १९ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो । राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तमा कच्चा तेलको मूल्य अन्तरराष्ट्रिय बजारमा प्रतिब्यारेल ६२ डलर रहेकोमा २०७ चैत मसान्तमा १०८ डलर पुग्यो । जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य नै बढ्न जाँदा यसले आयात बढाएको हो । 

आज बिहीवार भने अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५ डलर हाराहारीमा छ । रुस र युक्रेनको द्धन्द्धका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement