ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बिहीवार ५ ओटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, शुक्रवार पनि पानी पर्ने

२०७९ बैशाख, २९  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीवार) देशका पाँच ओटा प्रदेशमा वर्षा हुने जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली हुनेछ । त्यस्तै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ ।

शुक्रवार पनि यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले महाशाखाले शतर्कता अपनाउन आग्रह गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement