ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

श्रीलंकामा नयाँ प्रधानमन्त्रीको रुपमा रनिल विक्रमासिंघेलाई नियुक्त गर्ने तयारी

२०७९ बैशाख, २९  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २९, कोलम्बो । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोताबाया राजापाक्षले बिहीवार नयाँ प्रधानमन्त्रीको चयन नाम गरेका छन् ।    

पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ ।     
     
उनलाई बिहीवार नै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले बताएका छन् र राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधवार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन पनि  गरेका थिए ।

‘म संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षले भनेका थिए । देशमा जारी आर्थिक संकट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै करीब दुई महीनायता श्रीलंकामा प्रदर्शन हुँदै आएको छ । 
     
२ करोड २० लाख जनसंख्या भएको यो देश खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ। महिन्दा राजापाक्षले भने गत सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका समर्थकहरूले सरकार विरोधी समर्थकहरूलाई आक्रमण गरेलगत्तै कोलम्बोमा दंगा फैलिएको छ ।   

केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य २०० भन्दा बढी घाइते भएका छन् । राजापाक्षका समर्थकहरुले घरहरूमा आगो लगाएका थिए ।  आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी निषेधाज्ञा जारी गरिएको छ ।  

पछिल्लो समय श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोरिरहेको छ ।एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement