ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्थानीय निर्वाचन र स्थानीय तहका मतदान केन्द्र (फोटो फिचर)

२०७९ बैशाख, २९  
फोटो फिचर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २९, काठमाडौं । मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचनमा  वैशाख ३० गते मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।

स्थानीय तहको निर्वाचनको मतदान गर्न मतदाता पनि तीव्र प्रतीक्षामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले मतदानका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले बताएको छ ।

यस्तो अधिकार केवल ५/ ५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । मतदान केन्द्रमा घोचो गाडेर, बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ ।

मतदान स्थलमा आवश्यक निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । यसैक्रममा हाम्रा संवाददाता सुनिल शर्माले काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रको बिहीवार स्थलगत निरीक्षण समेत गरेका छन् । हेरौं तस्वीरहरु :

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)