ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अमेरिकामा फेड अध्यक्षको रुपमा पावेलको दोस्रो कार्यकाललाई मञ्जुरी 

२०७९ बैशाख, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको संसदले केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)का अध्यक्ष जेरोम पावेललाई  दोस्रो कार्यकाल पनि अध्यक्ष राख्ने प्रस्तावमा मञ्जुरी दिएको छ । 

पछिल्लो समय अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको छ । महँगीका कारण अर्थतन्त्र मन्दीमा जान सक्ने अथवा आउन नदिने जिम्मा सहित पावेललाई सो जिम्मा दिइएको हो । 

पावेलले सन् २०१८ मा फेडको अध्यक्षको पहिलो कार्यभार शुरु गरेका थिए । उनको दोस्रो कार्यकालको पक्षमा सिनेटमा भएको मतदानमा ८० मत आएको थियो भने विपक्षमा १९ मत परेको थियो । 

यो महीनाको शुरुमा फेडले शून्य दशमलव ५०  प्रतिशतले ब्याजदर बढाउने निर्णय गरेको थियो । यो २० वर्षयताकै उच्च वृद्धि थियो । कोरोना भाइरसको महामारीका कारण आपूर्ति चक्रमा देखिएको समस्या र रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर महँगी बढेको छ । 

यस्तोमा अमेरिकामा पनि महँगी आकाशिएको छ । पछिल्लो समय फेडलाई महँगी नियन्त्रण कसरी गर्ने भन्ने टाउको दुखाई बनेको छ । महँगी नियन्त्रण गर्न फेडले यो वर्षभर धमाधम ब्याजदर बढाउने अपेक्षा गरिएको छ । 

पावेलको पहिलो कार्यकाल फेब्रुअरीमै सकिएको थियो । उनको दोस्रो कार्यकालको पुनः पूष्टि प्रक्रिया रिपब्लिकनहरुले रोकेपछि त्यसयता पावेलले कायमुकायम अध्यक्षको रुपमा काम गरिरहेका थिए ।  एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement