ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नक्कली खाताका कारण ट्विटर किन्ने सम्झौतालाई थाँती राख्दै मस्क, २५% घट्यो शेयर भाउ

२०७९ बैशाख, ३०  
समाचार प्रविधि
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटर किन्ने सम्झौता थाँती राखेका छन् । 

नक्कली वा स्पाम ट्विट एकाउन्टबारे सोधखोज गरेपछि मस्कले सम्झौता अस्थायी रुपमा थाँती राखेका हुन् । आफूले यस्ता खालका स्पाम/नक्कली खाता कूल ट्विटर प्रयोगकर्ताको अनुपातमा ५ प्रतिशतभन्दा कम रहेको हुन सक्ने आकलनलाई टेवा दिने जानकारी कुरिरहेको बताएका छन् । 

उनको यो घोषणापछि नियमित समय अघिको कारोबारमा शुक्रबार ट्विटरको शेयर मूल्य २५ प्रतिशतले घटेको थियो । मस्कले स्पाम एकाउन्टको सफाईबारे बोल्दै आइरहेका छन् ।

यस वर्षको पहिलो तीन महीनामा ट्विटरका दैनिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशतभन्दा कम नक्कली ट्विट खाता रहेको कम्पनीले २ हप्ता अघि बताएको थियो । 

पछि कम्पनीले स्पाम वा झुठा खाता वास्तविक संख्या ठयाक्कै बताउन नसकिने बताएको थियो ।  यसको वास्तविक संख्या आफूहरुको अनुमान भन्दा धेरै पनि हुन सक्ने स्पाम खाताको कूल संख्याबारे प्रक्षेपण गर्न सकिने क्षमता सुधार गर्न निरन्तर खोजिरहेको पनि बताइएको थियो ।

अहिले मस्कले सो संख्याबारे खोजिनीति गर्न लागेका छन् । मस्क वा ट्विटर दुबै मध्ये जसले सम्झौता रद्द गर्छ उसले अर्को पक्षलाई १ अर्ब डलर बराबरको रद्द शुल्क तिर्नु पर्नेछ । स्वचालित वा नक्कली खाता प्रयोग लामो समयदेखि ट्विटरको टाउको दुखाईको रुपमा रहँदै आएको छ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)