ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालगञ्ज उप - महानगरपालिकामा पनि शुरु भयो मतगणना   

२०७९ बैशाख, ३१  
लुम्बिनी प्रदेश
Image Not Found

वैशाख ३१,  नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उप- महानगरपालिकामा मतगणना शुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन् ।     
     
उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो ।     
     
एक उप महानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा ३ लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए ।  रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement