ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काठमाडौं महानगरको मतगणनामा ढिलाइ, ६/ ७ स्थानबाट एकसाथ गणना गर्ने तयारी      

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
फोटो : सुनिल शर्मा / आर्थिक अभियान
author avatar अभियान संवाददाता

 वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने संकेत देखिएको छ ।

शनिवार बिहान १० बजेदेखि मतगणना शुरु भए पनि द्रूत गतिमा अगाडि बढ्न सकेको छैन । 
     
 शुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको संख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।     
     
 निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो संख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए । कार्यालयले छ/ सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।     
     
 वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी शुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौं महानगरका  मेयर पदका उमेदवार सिर्जना सिंहले बालेन्द्र साहको भन्दा सामान्य अग्रता लिएकी छन् ।      
     
 काठमाडौं महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको संख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement